जुवातास मुद्दामा अदालतबाट सजाय तोकिएका व्यक्ति पक्राउ

Image
maya metro

दार्चुला – जुवातास मुद्दामा अदालतबाट सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत दार्चुलाको २०८१ असोज ७ गतेको फैसलाले २ महिना २५ दिन कैद सजाय तोकिएका दुहुँ गाउँपालिका–५ का ४२ वर्षीय देव राम पार्कीलाई प्रेसपत्रसोमबार पक्राउ गरिएको हो।

nisarga

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका पार्कीलाई फैसला कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।