कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

Image
maya metro

धनगढी – कैलालीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

बर्दगोरिया गाउँपालिका–१ झगडपुरबाट १०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित स्थानीय ३१ वर्षीय गणेश मल्ल पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो।

nisarga

यस्तै, धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकबाट ६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी–२ का १८ वर्षीय किशोर र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का १९ वर्षीय निशान ढकाल रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बिहीबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ।