कासिबलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

Image
maya metro

नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् ।

चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराउँदै ढाँट फाइनलमा पुगेका हुन् ।

nisarga

तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् ।

पहिलो जजले ढाँटको पक्षमा २९-२८ अंक दिएका थिए । दोस्रो जजले कासिबको पक्षमा २९-२८ अंक दिए ।

तेस्रो जजले ढाँटकै पक्षमा २९-२८ अंक दिएपछि ढाँट विजयी भएका हुन् ।

ढाँटले अब रियो ताजिमासँग फाइनलमा खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनल पुगेका थिए ।

फाइनल जितेमा उनी युएफसीका लागि छनोट हुनेछन् ।