कांग्रेसका प्रत्येक कार्यक्रम समयमै सुरु गर्न निर्देशन, आसनग्रहणको समय डेढ मिनेट

Image
maya metro

नेपाली कांग्रेसले आफ्ना प्रत्येक कार्यक्रम निर्धारित समयमै सुरु गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ। यस्तै, आसन ग्रहण डेढ मिनेटभित्र सक्न पनि कांग्रेसले भनेको छ ।

राजनीतिक कार्यक्रम पट्यारलाग्दो बनेको र आसनग्रहणको ताँतीले समय धेरै खपत भएको भन्दै कांग्रेसले आफ्नो संगठन तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएको हो ।

nisarga

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुदूर पश्चिमको धनगढीमा दुईदिने कार्यक्रम आयोजना भएको छ । उक्त कार्यक्रममा कांग्रेसले यस्तो निर्देशन दिएको हो ।

प्रदेशस्तरीय उक्त कार्यक्रमको आसन ग्रहण डेढ मिनेटमै सकिएको थियो । कार्यक्रमको सभापतिका रूपमा प्रदेश प्रतिष्ठानका प्रमुख जनकराज चौधरी र प्रमुख उपस्थितिका रूपमा सभापति गगन थापाको आसन ग्रहणपछि अन्य नेतृत्व सबैको सामूहिक आसन गराइएको थियो l

प्रतिष्ठानका सदस्य डीबी सुनारका अनुसार प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले केन्द्रीय बैठकमा प्रस्ताव गरेर पारित गरे बमोजिम अब पार्टीको सबै तहको कार्यक्रममा केवल डेढ मिनेटमा आसन ग्रहण सम्पन्न हुनेछ ।