
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदान सम्पन्न भएको छ ।
संस्थाको प्रांगणमा बिहान ७ बजेदेखि सुरु भएको बेलुकी ५ बजे सम्पन्न भएको हो । ५ हजार ७४२ जना उपभोक्ता मतदाता रहेको संस्थामा २ हजार ७७५ मत खसेको छ ।

मतगणनाको समय केहि बेरमा तोकिने निर्वाचन समितिले जनाएको छ। निर्वाचन सम्पन्न गर्न वरिष्ठ अधिवक्ता प्रयागदत्त भट्टको संयोजकतवमा निर्वाचन समिति गठन गरिएको थियो ।
संस्थामा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ५ जना पदाधिकारी र ६ जना सदस्य गरी प्रत्यक्ष निर्वाचित ११ सदस्यीय समिति रहने व्यवस्था रहेको छ । जसका लागि ३८ जना प्रतिस्पर्धामा रहेका छन् ।















