कृष्णपुरमा निःशुल्क आँखा जाँचसंगै ओठतालु फाटेका व्यक्तिको लागि शिविर सुरु

Image
maya metro

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि निःशुल्क आँखा जाँच शिविर सँगै ओठतालु फाटेका व्यक्तिहरुका लागि शल्यक्रियाका लागि शिविर सुरु भएकोे छ । कृष्णपुर नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय र जीवा फाउन्डेसनको प्राविधिक सहयोगमा सुरु भएको शिविरको उद्घाटन नगर प्रमुख हेमराज ओझाले गरेका हुन् ।

१४ दिनसम्म चल्ने शिविरमार्फत नागरिकलाई निःशुल्क आँखा परीक्षण, चस्मा वितरण शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीको धनगढी नेत्रालयमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । साथै जीवा फाउन्डेसन को सहयोगमा ओठ तथा तालु फाटेका नवजात शिशु र बालबालिकाको निःशुल्क शल्यक्रियाका लागि छनोट प्रक्रिया समेत सुरु गरिएको छ ।

nisarga

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकाले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको उल्लेख गरे।

उनले भने, “कृष्णपुर नगरपालिकाले ‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत पालिकाका विभिन्न बस्ती र वडामा पुगेर हजारौं नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरणदेखि विशेषज्ञ सेवा सम्मका कार्यक्रम सञ्चालन गरेर नागरिकको घरदैलोमै सेवा पु¥याउने प्रयास भइरहेको छ। अहिले सञ्चालन गरिएको आँखा तथा ओठतालु फाटेका व्यक्ति छनोट शिविरले पनि विपन्न र उपचारको पहुँच बाहिर रहेका नागरिकलाई ठूलो राहत मिल्ने विश्वास लिएका छौं।”

त्यसैगरी स्वास्थ्य शाखा प्रमुख बन्सीराज भट्टले शिविरलाई प्रभावकारी बनाउन पालिकाभित्रका सबै स्वास्थ्य संस्था परिचालन गरिएको जानकारी दिए। विभिन्न वडामा सञ्चालन हुने शिविरमा आँखा जाँच, चस्मा वितरण, मोतियाबिन्दुको शल्यक्रिया तथा ओठ–तालु फाटेका बालबालिकाको छनोट गरी सम्पूर्ण उपचार धनगढी स्थित निर्सग अस्पतालमा निशुल्क हुने उनले बताएका छन । नगरपालिकाले सबै नागरिकलाई समयमै शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिन आग्रह गरेको छ ।