बाजुराकी १८ वर्षीया जटिल प्रकृतिकी गर्भवती महिलाको हवाई उद्धार

Image
maya metro

बाजुरा – बाजुराकी जटिल अवस्थाकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा ६ दिनयता सुत्केरी व्यथा लागे पनि बच्चा नजन्मिएको कारण स्वामीकार्तिक खापर गाउँपालिका–१, बाजुराकी १८ वर्षीया ललिता नेपालीलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत लगिएको हो ।

nisarga

गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

दुर्गम क्षेत्रमा रहेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले नेपाली सेनामार्फत निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।