
दार्चुला – दार्चुलामा चौलानी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो विद्यालयबाट फर्किने क्रममा चौलानी नदीमा नुहाउने क्रममा मार्मा गाउँपालिका–४ का ६ वर्षीय डम्बरसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले नदीमा डुबेर वेपत्ता भएका धामीको शव फेला परेको बताए ।
धामी तपोवन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका थिए ।














