धनगढीमा रुखबाट खसेर किशोरको मृत्यु

Image
maya metro

धनगढी – धनगढीमा रुखबाट खसेर किशोरको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१५ झिनुवाका १५ वर्षीय लोकेश विकको रुखबाट खस्दा मृत्यु भएको हो ।

nisarga

शनिबार साँझ आफ्नै घर नजिक सिमलको रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो ।

अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।