
अत्तरिया – आगामी निर्वाचनमा सिमान्तकृत तथा पछाडि पारिएका महिलाको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
संकल्प, शान्ति, न्याय र लोकतन्त्रका लागि महिला सञ्जालको आयोजनामा बुधबार धनगढीमा सम्पन्न आगामी स्थानीय तहको निर्वाचनमा सिमान्तकृत महिलाको सहभागिता बढाउन मिडियाको भूमिका विषयक कार्यक्रममा सिमान्तकृत समुदायका महिलाको अर्थपूर्ण सहभागिताबिना हुनुपर्ने बताइएको हो ।

कार्यक्रममा बोल्दै सञ्जालकी अध्यक्ष अम्बीका ताम्राकारले पछाडी पारिएका महिलाहरुलाई नेतृत्वमा ल्याउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले पछाडी पारिएका महिलालाई प्राथमिकतामा राखेर रिर्पोटिङ गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरिन् ।
कार्यक्रममा सिमान्तकृत समुदायका महिलालाई राजनीतिक पहुँच, नेतृत्व विकास तथा निर्णय प्रक्रियामा सहभागिता बढाउने विषयमा छलफल गरिएको थियो।
पत्रकार अर्जुन शाहले प्रशिक्षण गरेको कार्यक्रममा प्रस्तुतीकरणमार्फत हाल नेतृत्वतहमा महिलाको अवस्था, महिला अधिकार, समावेशी प्रतिनिधित्व र निर्वाचनमा महिलाको भूमिकाबारे जानकारी दिएका थिए ।
कार्यक्रमका सहभागीहरूले पनि आगामी निर्वाचनमा महिलालाई अवसर र प्राथमिकता दिन राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने धारणा राखेका थिए।















