गोदावरी-३ का महिलाहरुकालागि महिला सशक्तिकरण कार्यक्रम आयोजना

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी-३ का महिलाहरुका लागि महिला सशक्तिकरण कार्यक्रम आयोजना गरिएको छ ।

सुदूरदृष्टि मिडिया प्रा.ली को आयोजना तथा गोदावरी नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा आज उक्त कार्यक्रम आयोजना गरिएको हो ।

nisarga

महिलाहरुलाई लैङ्गिक हिंसा, महिला अधिकार, कानुनी संरक्षण र आत्म निर्भर पार्नका लागि सञ्चालन गरिएको उक्त कार्यक्रममा महिला अधिकारकर्मी गोमा आचार्यले प्रशिक्षण दिएकी थिईन् ।

एक दिने महिला सशक्तिकरण कार्यक्रममा गोदावरी ३ का ८० भन्दा बढी महिलाहरुको उपस्थिती रहेको थियो ।

प्रशिक्षण कार्यक्रम सञ्चालन हुनु अगाडी सुदूरदृष्टि मिडिया प्रा.लीका सञ्चालक धुर्ब ओझाको सभापतित्व आयोजित कार्यक्रममा गोदावरी ३ का वडाअध्यक्ष तेजराज अवस्थी प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य शारदा भट्ट, तारा कुमारी टमटा लगायतको उपस्थिती रहेको कार्यक्रममा फाया नेपालकी अध्यक्ष एवम् महिला अधिकारकर्मी गोमा आर्चायले प्रशिक्षण गरेकी थिइन् ।

पत्रकार शारदा फुलाराले सञ्चालन गरेको कार्यक्रममा रेडियो अत्तरियाका पत्रकार श्याम बोहराको स्वागत मन्तव्य रहेको थियो ।

कार्यक्रममा महिलाहरुलाई लैङ्गिक हिंसा, महिला अधिकार, कानुनी संरक्षण र आत्म निर्भर पार्ने बिषयमा महिला अधिकारकर्मी आचार्यले प्रशिक्षण दिएकी थिईन्।