
अत्तरिया – कैलालीको गोदावरी ८ स्थित सुर्योदय सामुदायिक वनमा भएको अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरको १५ दिने अल्टिमेटमपछि केहि व्यक्तिहरुले सुर्योदय सामुदायिक वन अतिक्रमण गरी अस्थायी संरचना खडा गरेका थिए ।

डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत रामविचारी ठाकुरसहितको टोलीले ति संरचना हटाउने कार्य सुरु गरेको हो ।















