
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर -२ का रुपलाल विश्वकर्मा ‘रुपेश’ले आफ्नो जन्मदिनको अवसरमा सामाजिक योगदानस्वरूप वृद्ध अवस्थाका नागरिकलाई एक थान फ्रीज उपहार दिएका छन्।
उनले कैलालीको गोदावरीस्थित जेष्ठ नागरिक समाजको कार्यालयमा पुगेर करिब २४ हजार रुपैयाँभन्दा बढी मूल्यको फ्रीज हस्तान्तरण गरेका हुन्।

तराईको चर्को गर्मीमा चिसो पानी तथा पेय पदार्थ राख्न फ्रीजले सहज हुने गोदावरी जेष्ठ नागरिक समाजका अध्यक्ष भोजराज भट्टले बताए।
रुपेशले विगतमा पनि विभिन्न सामाजिक संस्थामा सहयोग गर्दै आएका छन् ।
















