प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न–नेपालले भारतको भूमि कहाँ मिचेको हो ?

Image
maya metro

नेपाली कांग्रेसकी मुख्य सचेतक वासना थापाले प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएकी छिन्।

आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै मुख्य सचेतक थापाले नेपालले भारतको कुन भूमी मिचेको हो ? जानकारी दिनुपर्ने बताइन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोष्टममा उभिएर नेपालबाट पनि भारतको भूमि मिचिएको बताउएकी थियन्।

nisarga

उक्त अभिव्यक्तिप्रति आपत्ती जनाउँदै थापाले त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गरिन्। उनले प्रधानमन्त्रीको उक्त भनाइलाई गम्भीर र आपत्तिजनक विषय भएको बताउँदै तथ्य र प्रमाण भए संसद तथा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने उल्लेख गरिन्।

उनले दुई देशबीचको सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले तथ्यविनै बोलेको हो भने त्यो स्वीकार्य नहुने बताइन्। यदि प्रधानमन्त्रीको भनाइ सत्य हो भने त्यसको आधार प्रश्तुत गर्नुपर्ने उनको भनाई छ।