कैलाली र कञ्चनपुरमा कैद सजाय तोकिएका ४ जना पक्राउ

Image
maya metro

धनगढी – कैलाली र कञ्चनपुर प्रहरीले अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार फैसला कार्यान्वयनका क्रममा चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय तोकिएकी टिकापुर नगरपालिका–१ निवासी ५७ वर्षीया गंगा देवी शाह र लागूऔषध मुद्दामा दुई महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका–२ निवासी २३ वर्षीय कृष्ण रावललाई पक्राउ गरिएको हो।

nisarga

यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तथा दुई हजार रुपैयाँ जरिवाना तोकिएका शुक्लाफाँटा नगरपालिका–१० झलारी निवासी ३२ वर्षीय सुरज राना र सोही मुद्दामा ६ महिना कैद सजाय तोकिएका बेलौरी नगरपालिका–६ हात्तीबोझा निवासी ४० वर्षीय चन्दु रानालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।