नवजीवन अस्पतालमा युवती मृत्यु प्रकरण : सहमतिमै टुंगियो विवाद

Image
maya metro

धनगढी – कैलालीको धनगढी–४ स्थित नवजीवन अस्पतालमा उपचारका क्रममा सनम बिकको मृत्यु भएपछि उत्पन्न विवाद अन्ततः सहमतिमै टुंगिएको छ। मृतक परिवार र अस्पताल प्रशासनबीच भएको छलफलपछि अस्पतालले २२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको पिडित पक्षले बताइएको छ।

टनसिलको शल्यक्रियापछि पुनः रगत बगेका कारण अस्पताल भर्ना गरिएकी सनमको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाएका थिए। घटनापछि अस्पताल र परिवारबीच पटक–पटक वार्ता भएको थियो।

nisarga

अन्ततः दुवै पक्षबीच २२ लाख रुपैयाँ क्षतिपूर्तिसहित सहमति भएपछि विवाद साम्य भएको बताइएको छ।

घटनाबारे उठेका प्रश्न र आरोपहरू भने सार्वजनिक चासोको विषय बनेका छन्। यद्यपि आर्थिक क्षतिपूर्तिसहितको सहमतिपछि विवाद अन्त्य भएको छ।