धनगढीमा युवतीमाथि सामूहिक बलात्कार, प्रेमीसहित ३ जना पक्राउ

Image
maya metro

धनगढी – धनगढीमा युवतीमाथि सामूहिक बलात्कार गरेकाे अभियाेगमा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ ।

धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबामा १८ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

nisarga

पक्राउ पर्ने दुई नाबालक छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले २१ वर्षीय प्रदिप चन्द, १६ र १७ वर्षीय किशाेरलाई पक्राउ गरिएको बताए ।

उनकाअनुसार गत जेठ २१ गते राति स्थानीय खेतबारी क्षेत्रमा युवतीमाथि जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढाथापाको नेतृत्वमा खटिएको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेकाे थियोे ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पीडित युवतीको सेती प्रादेशिक अस्पताल धनगढीमा विस्तृत स्वास्थ्य परीक्षण गरिएपछि आफन्तको जिम्मा लगाइएको छ।

पक्राउ परेका मध्ये एक जना भने युवतीका प्रेमी रहेकाे खुलेकाे प्रहरीकाे भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।