कृष्णपुरका दुई वडामा जग्गा नापनक्सा गर्ने कार्य सुरु

Image
maya metro

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ र ६ मा जग्गा नापनक्सा कार्य सुरु गरिएको छ ।

सोमबारदेखि सुरु भएको जग्गा नापनक्सा कार्यको नगर प्रमुख हेमराज ओझाले उद्घाटन गरेका छन् ।

nisarga

ओझाले अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि स्थानीय सरकारले गर्नुपर्ने सबै काम केही महिनामा सम्पन्न गर्ने प्रतिवद्द्ता जनाए ।

नापनक्साकाक्रममा कुनै विवाद नगरिदिन सबैलाई आग्रह गर्दै उनले मापदण्डबमोजिमका जग्गा मात्रै नाप्न लगाउन आग्रह गरे ।

भूमि समस्या समाधान आयोग तथा सम्बन्धित निकायको समन्वयमा सञ्चालन गरिएको नापनक्सा कार्यले लामो समयदेखि लालपुर्जाविहीन रूपमा बसोबास गरिरहेका स्थानीयलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने अपेक्षा गरिएको छ।

अत्याधुनिक उपकरणबाट गरिने नापनक्सा कार्यका लागि प्राविधिक टोली परिचालन गरिएको छ भने सम्बन्धित वडाका बासिन्दालाई आवश्यक कागजातसहित नापनक्सा गर्न नगर प्रमुख ओझाले आग्रह गरे ।

स्थानीयवासीले वर्षौंदेखि प्रतिक्षा गरेको नापनक्सा कार्य सुरु भएपछि जग्गा व्यवस्थापन तथा लालपुर्जा वितरणको बाटो खुलेको स्थानीय सुरेश बिकले बताएका छन् ।

नापनक्सा कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न स्थानीयको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ।