
अत्तरिया – कैलालीको अत्तरियास्थित केशर ट्रेडिङबाट मोटरसाइकल चोरी गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले कैलालीको गोदावरी-९ स्थित बल्मीका २२ वर्षीय केशव चौधरीलाई घरबाटै मंगलबार बिहान पक्राउ गरेको हो ।

चौधरीले जेठ १८ गते दिउसै अत्तरियाको केशर ट्रेडिङबाट मोटरसाइकल चोरी गरेका थिए ।
चोरीमा संलग्न दुई जना यसअघि नै पक्राउ परिसकेका छन् ।














