विश्वकपमा मेक्सिकोको विजयी सुरुवात

Image
maya metro

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै मेक्सिकोले अंक तालिकामा तीन अंक पनि जोडेको छ ।

मेक्सिकोका लागि पहिलो गोल जुलियस क्विनेजले गरेका थिए । उनले खेलको नवौँ मिनेटमा विश्वकपको यस संस्करणको पहिलो गोल आफ्नो नाममा लेखाए ।

nisarga

पहिलो हाफमा १-० को अग्रता लिएको मेक्सिकोका निम्ति खेलको दोस्रो हाफमा रल जेमिनेजले गोल थप्दै टिमलाई २-0 को स्थितिमा पुर्‍याए ।

खेलमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्ड समेत पाएका छन् ।