
बाजुरा – बाजुरामा जिपले बालकलाई ठोकेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं-७ बस्ने २४ वर्षीया गोपाल वलीलाई प्रहरीले पक्राउ गरेको हो । बढीमालिका नगरपालिका –७ रजालीमा बस्ने रामबहादुर विकका १४ वर्षीया छोरा दिलिप विकलाई वलीले चलाएको भे १ च ४०८० नं। को जिपले टक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बालकलाई ठक्कर दिएर वली सिधै फरार भएपछि बालक घाइते अवस्थामा सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि प्रहरीले चालकको खोजी कार्य गरेको थियो ।
प्रहरीको खोज तलासमा सो जिप सहित चालहलाई जिल्ला बाजुरा बडिमालिका न.पा. वडा नं.९ मार्तडी बजारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी कार्यालय बाजुरा सूचना अधिकारी नरेशबहादुर शाहीले बताए ।
जिल्ला अस्पताल बाजुरामा बालकको उपचार सम्भव नभएपछि अहिले उनलाई थप उपचारका लागि धनगढी पठाएको छ भने चालकलाई अहिले थप अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाएको सूचना अधिकारी शाहीको भनाइ छ ।















