
अत्तरिया – कैलालीको गोदावरी ४ मा रहेको गोदावरी सामुदायिक वनले बोलाएको विशेष भेला सम्पन्न भएको छ ।
विविध विषयमा छलफल गर्न सामुदायिक वनले आज विशेष भेला बोलाएको थियो ।

भेलामा विधान संशोधन र कार्ययोजना नवीकरणबारे छलफल भएको छ ।
नयाँ उपभोक्ताका लागि रकम तोक्ने, नवीरकणका लागि रकम तोक्ने लगायतका विषयमा छलफल गर्दै उपभोक्ताको राय अनुसार निर्णय भएको छ ।
२०७२ सालपछि वनको विधान संशोधन नभएको र कार्ययोजना पनि नवीरकण गर्नुपर्ने भएको हुँदा विशेष भेला आह्रवान गरिएको वनका अध्यक्ष निर्मल कुमार मगरले बताएका छन् ।
सो भेलामा उपस्थित भएका उपभोक्ताहरुले आफूहरुले निर्माण गरी वर्षौदेखि उपभोग गर्दै आइरहेका संरचना डिभिजन वन कार्यालय धनगढीले हटाएको र सो कार्यमा सामुदायिक वनको कार्यसमिति र संघर्ष समितिको मिलेमतो गरेको आरोप लगाएका छन् ।















