अत्तरिया उद्योग वाणिज्य संघले निर्वाचन समितिलाई बुझायो सदस्यको नामावली

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले सदस्यहरूको अन्तिम नामावली टुंगो लगाएर निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।

सोमबार व्यवसायीहरूको उपस्थितिमा संघका अध्यक्ष कल्याण सिंह बोहराले निर्वाचन समितिका संयोजक अधिवक्ता देवराज भट्टलाई रुजु गरिएको १ हजार २४ जना सदस्यको नामावली हस्तान्तरण गरेका हुन्।

nisarga

संघको असार २७ र २८ गते हुने साधारणसभा तथा निर्वाचनका लागि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिने समयसीमा तोकिएको थियो।

सोही प्रक्रियापछि अन्तिम मतदाता नामावली तयार पारिएको हो।

नामावली हस्तान्तरणसँगै अत्तरिया उद्योग वाणिज्य संघ औपचारिक रूपमा नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको छ।

निर्वाचन समितिका संयोजक अधिवक्ता देवराज भट्टले अधिवेशनअन्तर्गत हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र मर्यादित ढंगले सम्पन्न गराउन सबै व्यवसायी तथा सरोकारवालासँग सहयोगको अपिल गरेका छन्।