अत्तरिया उद्योग वाणिज्य संघ निर्वाचन : कमल कडायतको नेतृत्वमा प्यानल घोषणा

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि यहि असार २८ गते निर्वाचन हुँदै छ ।

निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका व्यसायी कमल कडायतले आफ्नो प्यानल घोषणा गरेका छन् ।

nisarga

आफ्नो सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै बुधबार (आज) कडायत नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको हो ।

प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धनादेवी चोखाल, वस्तुगत उपाध्यक्षमा बासुदेव पन्त र वाणिज्य उपाध्यक्षमा गणेश बोगटी उम्मेदवार रहेका छन् ।

त्यस्तै महासचिवमा गम्भीर साउँद र कोषाध्यक्षमा बालकृष्ण ओझा उम्मेदवार रहेका छन् ।

त्यस्तै सचिवमा कडायत प्यानलबाट धिरेन्द्र बोहराको उम्मेदवारी रहेको छ ।

सदस्यहरुमा डिल्लिराज ओझा, शेखर पनेरु, चन्द्रसिंह धामी र घनश्याम जोशी उम्मेदवार रहेका छन् ।

कडायतले केहि दिनअघि अत्तरियाको धनगढी रोडमा आफ्नो सचिवालय स्थापना गरेका थिए ।