
कैलाली – कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानबाट करिब रु. १२ लाख ३६ हजार बराबरका मोबाइल फोन र अन्य विभिन्न सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असार १२ गते मातहतका इलाका प्रहरी कार्यालय लम्की र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा अन्दाजी रु. १२ लाख ३६ हजार मूल्य बराबरका नयाँ मोबाइल फोन र अन्य विभिन्न किसिमका सामान बरामद गरेको हो।

बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर, कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।














