
अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रमेश भट्टराईले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।
बुधबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै भट्टराई नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको हो ।

भट्टराई प्यानलबाट वरिष्ठ उपाध्यक्षमा लोकराज ओझा एल आर ओझा, वस्तुगत उपाध्यक्षमा विरेन्द्र विष्ट र वाणिज्य उपाध्यक्षमा समीर गीरी उम्मेदवार रहेका छन् ।
त्यस्तै महासचिवमा गोकुल भट्ट, कोषाध्यक्षमा दिपेन्द्र अवस्थी र राजन सिजापती सचिवमा उम्मेदवार रहेका छन् ।
त्यस्तै यादव भट्ट, लक्ष्मीराज ओझा, रमा कट्टेल र छत्र विक सदस्य पदका लागि उम्मेदवार बनेका छन् । यसअघि अध्यक्षका अर्का उम्मेदवार कमल कडायतले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।
संघमा हाल १ हजार २४ सदस्य आबद्ध रहेका छन् । संघको यहि असार २७ र २८ गते हुने साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि यहि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिने समयसीमा तोकिएको थियो ।














