
अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको पाँचौ साधारणसभा तथा चौथो चुनावी अधिवेशन सुरु भएको छ ।
संघका अध्यक्ष कल्याण सिंह बोहराको सभाअध्यक्ष्यतामा सुरु भएको सभाको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसहित व्यवसायीहरुको उपस्थिति रहेको छ ।
साधारणसभाको उद्घाटन सत्रपछी बन्द सत्र सुरु हुनेछ भने भोलि हुने नयाँ नेतृत्व चयनका लागि आजै चुनावी प्रक्रिया सुरु हुने बताइएको छ ।















