
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर कमिटिले वृक्षरोपण गरेको छ ।
नगरका धार्मीक तथा पर्यटकिय क्षेत्रहरुमा पार्टीले वृक्षरोपण गरेको हो ।

गोदावरीको वनदेवी मन्दिर, लामीताल परिसर लगायतका ठाउँहरुमा विभिन्न प्रजातिका वृक्षहरु रोपण गरिएको रास्वपा गोदावरी-१ का वडा सचिव तीलकराज भण्डारीले बताएका छन् ।
आज पहिलो दिन करिब ४ सय बिरुवा रोपिएको र यो अभियान निरन्तर रहने बताइएको छ ।















