
अत्तरिया – करिब २५ वर्षअघि बेपत्ता भएका कैलालीको गोदावरी-१ का प्रेम बहादुर विष्टको खोजी कार्य गरिदिन परिवारले आग्रह गरेको छ ।
बुवा कर्ण बहादुर विष्ट र आमा रमादेवी विष्टका जेठा छोरा उनी १७/१८ वर्षको उमेरमा घरबाट सम्पर्कविहिन भएका थिए ।

केहि वर्षपछि उनी भारतको हरियाणा सिर्सामा रहेको अप्रत्यक्ष जानकारी पाएको भए पनि सम्पर्कमा ल्याउन नसकेको उनको परिवारले जनाएको छ । हाल उनी कहाँ र कस्तो अवस्थामा छन् भन्ने जानकारी पाउन नसकेको प्रेमका बुवा कर्ण बहादुरले बताएका छन् ।
प्रेमलाई सम्पर्कमा आउन उनका आमाबुवाले आग्रह गरेका छन् ।
प्रेमलाई चिन्ने जो कसैले नेपालका लागि ९८४८४२३४६८ नम्बरमा र भारतका लागि ७७४४८१७४४९ मा सम्पर्क गरिदिन पनि उनीहरुले आग्रह गरेका छन् ।















