
अत्तरिया – कैलालीमा भरुवा बन्दुकसहित युवक पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका–८ देउराली टोलका २१ वर्षीय पदम दलामी मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इप्रका मसुरियाको टोलीले गौरीगंगा नगरपालिका–८ स्थित शिवशक्ति सामुदायिक वनभित्र सालको रुखको टोड्कामा लुकाइराखिएको एक नाले भरुवा बन्दुक बरामद गरेको हो।

प्रहरीका अनुसार उक्त बन्दुक पदम दलामी मगरले लुकाइछिपाइ राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको भरुवा बन्दुकसहित मगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















