अस्पताल जान्छु भन्दै घरबाट निस्किएकी गोदावरीकी पार्वती ११ दिनदेखि बेपत्ता

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–७, जमुनानगरकी ४४ वर्षीया पार्वती बाेगटी (ऐर) विगत ११ दिनदेखि बेपत्ता भएकी छन्।

परिवारका अनुसार असार २६ गते अस्पताल जान्छु भन्दै घरबाट निस्किएकी पार्वती त्यसयता सम्पर्कविहीन छिन्।

nisarga

घरबाट निस्कँदा उनीसँग मोबाइल फोन भए पनि त्यसयता फोन स्विच अफ रहेको र कुनै सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।

पार्वतीका श्रीमान डम्बरबहादुर ऐर रोजगारीका सिलसिलामा भारतमा सवारी चालकका रूपमा कार्यरत छन्। श्रीमती बेपत्ता भएको खबर पाएलगत्तै उनी स्वदेश फर्किएका छन्।

स्थानीयका अनुसार उनी घरबाट निस्कँदा रातो रङको सुट लगाएकी थिइन् र हातमा प्लास्टिकको झोला बोकेकी थिइन्।

पार्वतीका श्रीमानले पार्वतीलाई कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालय वा ९८६८५५३१२६ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन सबैमा अनुरोध गरेका छन्।