अत्तरियाबाट खैरो हेरोइनसहित युवक पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियाबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी-१ का सबिन रावल रहेका छन् ।

nisarga

सोही ठाउँका रावलको साथबाट इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले २९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको हो ।

२९ वर्षीय रावलमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।