
धनगढी – कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् ।
भजनी नगरपालिका–५ लालबोझीका ५२ वर्षीय सिताराम चौधरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















