सडक दुर्घटनामा परिवारका सदस्य गुमाएका महतलाई गोदावरी होटल व्यवसायी संघको सहयोग

Image
maya metro

अत्तरिया – सडक दुर्घटनामा परिवारका सदस्य गुमाएका होटल व्यवसायी गगन महतलाई गोदावरी होटल व्यवसायी संघले आर्थिक सहयोग गरेको छ ।

संघका पदाधिकारी तथा सदस्यहरुले स्वइच्छाले उठाएको ३६ हजार नगद रकम एकमुस्ट आज हस्तान्तरण महतलाई गरेको हो ।

nisarga

गत असार २७ गते बझाङको दुर्गाथलीमा भएको जिप दुर्घटनामा महतले आमासहित परिवारका तीन सदस्य गुमाएका थिए ।

थोरै भए पनि पिडामा मल्हम लगाउने उदेश्यले सो रकम महतलाई प्रदान गरिएको गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामीले बताए । महतले अत्तरियामा हिल्टन होटल सञ्चालन गर्दै आएका छन् ।