पत्रकारको परिचयपत्र बोकेर लागूऔषध कारोबार, ३ जना पक्राउ

Image
maya metro

काठमाडौँ – पत्रकारको परिचयत्र पत्र बोकेर लागूऔषध कारोबार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । लागूऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचय पत्र देखाउँदै लागुऔषध कारोबारमा संलग्न एकजना सहित ३ जना कारोबारीहरूलाई पक्राउ गरेको छ ।

ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा.१६ च ७८४६ नम्बरको कार सहित ३ जनालाई पक्राउ गरेको हो ।

nisarga

पक्राउ पर्नेमा सिरहाका लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ घर भएका २५ वर्षीय गुल्सन प्रसाद साह छन् ।

उनीहरू सिरहाको मिर्चैयाबाट कारमा लागूऔषध खैरो हेरोइन लिएर काठमाडौँतर्फ आउँदै थिए । कार चालक उमेश यादवका साथमा पत्रकारको परिचयपत्र भेटिएको छ ।

लहान–२२ सिरहा ठेगाना उल्लेखित जनजागरण खबरको परिचयपत्र बरामद गरिएको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए । उनले सो कार हुलास फाइनान्सबाट किसताबन्दीमा निकालेको भेटिएको छ ।

आरोपीहरूले कारको गियर बक्समा लुकाएर ल्याएको अवस्थामा ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी दिए । आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले थप अनुसन्धान गरिरहेको छ ।