गोदावरीका एकसहित कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–२ कोठारपुर स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम ८९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय सुभाष शाही र २६ वर्षीय तिलक बुढा पक्राउ परेका हुन्।

सोमबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ।

nisarga

यसैगरी, गोदावरी नगरपालिका–५ गेटा चेकपोष्ट स्थित अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २०० मिलिग्रामसहित जिल्ला कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ वस्ने २३ वर्षीय जगदिश विष्टलाई सोमबार साँझ प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०२–००४ प ४५४३ नम्वरको मोटरसाइकलमा सवार उनलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको छ।