
कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले ३० लाखको अवैध सामान बरामद गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका ३० लाख १९ हजार बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले शुक्रबार विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला परेका अन्दाजी ३ लाख १९ हजार ४ सय ४० रुपैयाँ बराबरका सामान नियन्त्रणमा प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
बरामद गरिएका सामानमा सुर्ती, विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले, बिस्कुट, प्लास्टिक झिल्ली, भारतीय नम्बर प्लेटको स्कार्पियो र एउटा मोटरसाइकललगायत रहेका छन्।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।















