टीकापुरबाट खैरो हेरोइनसहित युवक पक्राउ

Image
maya metro

टीकापुर – कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार शनिबार राति टीकापुर नगरपालिका–१ का २८ वर्षीय आशिष कुमार महतो १ ग्राम १५० मिलिग्राम उक्त पदार्थसहित पक्राउ परेका हुन्।

nisarga

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई पदार्थसहित पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।