
कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैयाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय निराजन ठकुराठी रहेका छन् ।

इलाका प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंका लागेर चेकजाँच गर्ने क्रममा ठकुराठीको साथबाट २८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो ।
उक्त पदार्थसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
















