उत्कृष्ट टिकटक बनाउनेलाई भायानेटले ५० हजार दिने

Image
maya metro

काठमाडौं – इन्टरनेट सेवाप्रदायक भायानेटले ‘अल्ट्रा–फाई टिकटक च्यालेन्ज’ गर्ने भएको छ। टिकटक च्यालेन्जमा कुनै पनि उमेर समूहका टिकटक प्रयोगकर्ता सहभागी हुनसक्ने जनाइएको छ।

प्रतियोगितामा भाग लिन रचनात्मक भिडिओका साथमा भायानेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडिओ अपलोड गर्नुपर्ने छ। जसमध्ये उत्कृष्ट भिडिओ बनाउनेलाई ५० हजार पुरस्कार दिइने भायानेटले जनाएको छ। यो प्रतियोगिता आउँदो फेब्रुअरी २८ सम्म खुला रहनेछ।

nisarga

सहभागीहरूले आफ्नो क्याप्सनमा #ULTRAFI_Vianet ह्यासट्याग प्रयोग गरेको हुनुपर्छ र आफ्नो भिडिओ पोस्ट गर्दा @vianetcommunication ट्याग गरेको हुनुपर्छ।

अल्ट्रा फाई प्याक अन्तर्गत प्रयोगकर्ताले मासिक १२ सय ५० रुपैयाँमै १७५ एमबीपीएससम्मको इन्टरनेट प्रयोग गर्न पाउनेछन्।