सबै विद्यालयमा प्राविधिक शिक्षा अनिर्वाय : मुख्यमन्त्री भट्ट

Image
maya metro

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै विद्यालयमा अनिर्वायरूपमा प्राविधिक पढाइ हुनुपर्ने बताएका छन्। जिल्लाको शिखर नगरपालिका–६ स्थित हरिहर माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा आज उहाँले अहिलेको आवश्यकता भनेको प्राविधिक शिक्षा भएकाले सबै विद्यालयमा अनिवार्य प्राविधिक विषय पढाइनुपर्ने बताए। उनले भने, “आजको समाज प्रविधिमय भइसकेको छ, डिग्री गरेका युवा बेरोजगार छन्। रोजगारीमूलक प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्छ, अब बालबालिकालाई विद्यालयमै प्राविधिक शिक्षा दिनुपर्छ।”

प्राविधिक शिक्षाको थालनी गर्ने विद्यालयलाई प्रदेश सरकारले पूर्णरूपमा सहयोग गर्नेसमेत मुख्यमन्त्री भट्टले आश्वासन दिए। प्रदेश सरकार पनि प्राविधिक शिक्षा क्षेत्रमा लगानी गरिरहेकाले सबै क्षेत्रका विद्यालयमा अब प्राविधिक पढाइ हुनुपर्ने उनको भनाइ थियो। प्राविधिक शिक्षा सञ्चालन नभएका कारण पनि शिक्षा क्षेत्रमा विकास हुन नसकेको मुख्यमन्त्री भट्टको जिकिर थियो। प्रदेश सरकारको कुल रु ४० लाखको आर्थिक सहयोगमा निर्मित उक्त विद्यालयको दुईतले भवनको समेत मुख्यमन्त्री भट्टले आजै उद्घाटन गरेका थिए।

nisarga

रासस