अत्तरियामा पक्षधर बिच अन्तरक्रिया,‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै नाराबाजी

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा हिन्दु राष्ट्र नेपालको पक्षमा देशभर सञ्चालन भइरहेको हस्ताक्षर अभियानअन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारासहित आयोजित राजासहित सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा जनताको हस्ताक्षर कार्यक्रममा राजा पक्षधरले आफ्ना धारणा राखेका थिए ।

शाही युवा शक्ति नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा शाही युवा शक्ति नेपाल सुदूरपश्चिम प्रदेश संयोजक राजबहादुर खड्काले अध्यक्षता गरेका थिए भने कार्यक्रममा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का प्रमुख अतिथिका रूपमा रहेका थिए ।

nisarga

अन्तरक्रियाका क्रममा सहभागीहरूले नेपालको वर्तमान राजनीतिक व्यवस्था, राजसंस्थाको पुनः स्थापना तथा सनातन हिन्दु राष्ट्रको पक्षमा सञ्चालन भइरहेको हस्ताक्षर अभियान लगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।

उनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै नाराबाजी समेत गरेका थिए । कार्यक्रममा आफ्नो भनाई राख्ने अधिकांश वक्तहरुले गाई सडकमा छोडिएकोप्रति असन्तुष्टी जनाएका थिए ।

आयोजकले राजसंस्था पुनः स्थापना तथा सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा हस्ताक्षर अभियान र अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेका छन् ।