विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३० करोड नाघ्यो

Image
maya metro

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३० करोड नाघेको छ। गत २४ घण्टामा २३ लाख ६३ हजार जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० करोड ५ लाख ४२ हजार पुगेको हो।

पछिल्लो २४ घण्टामा अमेरिकामा ६ लाख ४७ हजार, फ्रान्समा २ लाख ६१ हजार, इटलीमा २ लाख १९ हजार, वेलायतमा १ लाख ८० हजार र भारतमा १ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन्।

nisarga

यस्तै, अर्जेन्टिनामा १ लाख १० हजार, टर्कीमा ६८ हजार ४००, जर्मनीमा ५६ हजार ७०० र ब्राजिलमा ४४ हजार जना संक्रमित थपिएका छन्।

उक्त अवधिमा ६ हजार २५९ जनाको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १ हजार ६१८, रसियामा ८०२, पोल्याण्डमा ६४६, जर्मनीमा ३०५, वेलायतमा २३१ र फ्रान्समा २०४ जनाको मृत्यु भएको छ।

यस्तै, इटलीमा १९८, ब्राजिलमा १७१, टर्कीमा १५६ र भारतमा ३५ जनाको मृत्यु भएको छ। विश्वभर ३ करोड ७६ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये झण्डै ९३ हजार जनाको अवस्था गम्भीर रहेको छ।