सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख गौतमको सरुवा,प्रबिण धिताल आँउदै

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशका ट्राफिक प्रमुख तथा प्रहरी उपरीक्षक बामदेव गौतमको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार गौतमसँगै ३४ एसपीहरूको सरुवा गरेका हुन् । गौतमको काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेनस शाखामा सरुवा भएको हो ।

उनी गत बर्षको भदौं महिनामा सरुवा भई प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको कमाण्ड सम्हाल्दै आएका थिए । अब उनको स्थानमा नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेबाट प्रबिण धिताल आउने भएका छन् । यस्तै प्रहरी प्रधान कार्यालयले ३४ एसपीहरूको सरुवा गरेको छ ।

nisarga