
अत्तरिया – कैलालीको अत्तरियाबाट चरेससहित एक जना पक्राउ परेका छन् ।
अत्तरिया–धनगढी सडकखण्डबाट एक किलो २३६ ग्राम चरेससहित गोदावरी नगरपालिका–२ का ३८ वर्षीय धर्म धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आइतबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
पछिल्लो समय प्रायः हरेक दिन कैलालीसहितका सुदूरपश्चिमका जिल्लाहरूबाट लागूऔषधसहित मानिसहरू पक्राउ पर्ने क्रम बढ्दै गएको छ ।















