एमाले कञ्चनपुर अधिवेशन : विष्ट र थापा चुनावी मैदानमा

Image
maya metro

कञ्चनपुर – नेकपा (एमाले) कञ्चनपुरको अध्यक्ष पदका लागि दुई जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन्।  अध्यक्ष पदका लागि वीर बहादुर थापा (पातल) र सुरेन्द्र विष्टले  उम्मेदवारी दर्ता गराएका छन।

शुक्रबारदेखि जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रिया अघि सारिएको हो। आज पार्टीका पदाधिकारी चयनका लागि मतदानको कार्यक्रम तय गरिएको छ।

अध्यक्ष सहित पदाधिकारी र सदस्यमा उम्मेदवारी दर्ता गरिएको छ। अध्यक्षका उम्मेदवार विष्ट समूहबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लबराज भट्ट तथा उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्दले उम्मेदवारी दिएका छन्।

यसैगरी थापा समूहबाट उपाध्यक्षमा महेश चन्द, सचिव अशोक चन्द, उप सचिवमा ईश्वरा कुँवर र शेर बहादुर चन्द उम्मेदवार छन्। कञ्चनपुरमा नेकपा(एमाले)का  ४९९ प्रतिनिधि मतदाता रहेका छन्।