सुदूरपश्चिममा एकैदिन १९४ जनामा कोरोना भाइरसको संंक्रमण पुष्टी

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा एकैदिन १९४ जनामा कोरोना भाइरसको संंक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट १ हजार ६ सय १६ नमुनाको कोरोना परिक्षण गर्दा १ सय ५५ र पीसीआर बिधिबाट ९७ नमूनाको कोरोना परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

nisarga

आज संक्रमण पुष्टि भएका १९४ जनामध्ये भारतबाट स्वदेश फर्केका १४८ जना रहेको निर्देशनालयले जनाएको छ।  जसमध्ये गौरीफन्टा नाकाबाट भित्रिएका ७७ र गड्डाचौकी नाकाबाट भित्रिएका ७१ जना रहेका छन् । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४९ हजार २ सय २५ पुगेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार २ सय ८ पुगेको छ ।