
धनगढी – सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी दुर्घटनामा परेको छ। महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको हो ।मन्त्री आले चढेको सु.प. प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको हो।गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आलेको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ ।
मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर गएका छन्। ठक्कर दिने गाडिमा सवार सबै सकुसल रहेको जनाइएको छ। गाडी चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।















