
धनगढी – धनगढीका एक युवक जबरजस्तीकरणी उद्योग मुद्दामा पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका-१ शिवनगर बस्ने बबी साेडारीलाई एक युवतीले दिएकाे जबरजस्तीकरणी उद्योग मुद्दामा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार साेडारीविरूद्व धनगढीकै एक युवतीले एक वर्षअघि जबरजस्तीकरणी उद्योग शिर्षकमा जाहेरी दिएकी थिइन् ।
साेही जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । उनी याे बीचमा प्रहरीकाे फरार सूचीमा थिए ।
धनगढी घरमा आएका बेला प्रहरीले पक्राउ गरेकाे हाे । साेडारी सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री दीर्घबहादुर साेडारीका छाेरा हुन्।















