
बझाङ – बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरमार्फत चामल ढुवानी गरिएको छ। आइतबार नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट हेलिकोप्टरबाट चामल साइपाल पु¥याइएको हो।
गाउँपालिकाको उत्तरवर्ती क्षेत्रमा पर्ने काँडा, न्युना, धुली, बलौडी, काया आदि गाउँ जाने बाटोमा पर्ने रस्यालेक लगायतका ठाउँमा जमेको बाक्लो हिमपातका कारण यहाँ खाद्यान्न ढुवानी गर्न सकिएको थिएन । बाक्लो हिमपातका कारण ढुवानी रोकिएपछि खाद्यान्न अभाव झेलिरहेका स्थानीयलाई खाद्यान्न पुगेपछि राहत भएको छ ।

हिउँको कारण खच्चड र भेडा च्याङ्ग्रा बाट खाद्यान्न ढुवानी हुन नसकेको र खाद्यान्न लिएर गएका भेडा च्याङ्ग्राहरु पनि विच बाटोमा नै अलपत्र अवस्थामा रहेकाकारण हेलिकोप्टर मार्फत चामल त्यसतर्फ पठाइएको हो ।
‘साईपाल गाँएपालिका वडा नम्बर १ र २ धलौलमा भने १५ सय क्युन्टल चामल पुगेको छ । त्यो भन्दा माथि हिमपाभ एकाकारण बाटो समेत नरहेकाले समस्या सृजना भएको हो ।
हेलिकोप्टरले ३ पटक गरेर ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा पु¥याएको हो। उक्त चामल प्रतिकिलो ५० रुपैयाँमा सर्वसाधरणले पाउने बताइएको छ।
हिमपातका कारण साइपाल गाउँपालिकामा पाँचदेखि सात फिटसम्म हिउँ जमेकाले बाटाघाटा बन्द छन्। स्थानीयको घरमा सञ्चित खाद्यान्न पनि सकिएपछि खाद्यान्नको चरम अभाव सुरु भएको थियो।
खाद्य संकटको समस्या यहाँका स्थानीयहरुले बर्षेनी झेल्दै आएका छन् । उच्च हिमालमा पर्ने भएकाले अन्न उत्पादन न्यून हुने यस गाउँपालिकामा स्थायी डिपो सञ्चालन गरिदिनका लागि गाउँपालिका र यहाँका बासिन्दाले प्रदेश सरकारका मुख्यमन्त्री र संघीय सरकारका वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्म पनि पटक–पटक अनुरोध गरेको भए पनि सरकारले यस विषयमा सुनुवाइ नगर्दा बर्सेनि खाद्य संकटको सामना गर्नु परिरहेको छ ।















